प्रधानमन्त्री ओलीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्वर्पूण पर्व भएको बताएका छन् ।
नेपाल संवत्को नयाँ वर्ष तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल संवत् र म्हः पूजा दुवैको आफ्नै विशेषता रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपाल संवत् सुरुवात गर्ने राष्ट्रिय विभूति शङ्खधर साख्वाप्रति सम्मान पनि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– “नेपाल संवत्को नयाँ वर्ष, नेपाल संवत् ११४५ को आज पहिलो दिन, यसका सुरुवातकर्ता विभूति शङ्खधर साख्वाप्रति हार्दिक सम्मान, आज नेवार समुदायमा म्हः पूजा गरिन्छ, यसले आफूप्रति गौरवबोध बढाउँछ, नेपाल संवत् ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सबैलाई शुभकामना ।”

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया