कोसेली घरमा सिन्कीदेखि हाते कागज

गलकोट (बागलुङ)- बागलुङमा उत्पादन भएको अर्गानिक कृषि उपजको बजारीकरणमा उद्योग वाणिज्य सङ्घ बागलुङले सघाउन थालेको छ ।
सङ्घ बागलुङले रु २० लाख लागतमा कार्यालय परिसरमै कोसेली घर स्थापना गरी स्थानीय उत्पादनको खरिद गरी बिक्री गर्न थालेको हो ।
उद्यमीहरुबाट उत्पादित कृषि जन्य अर्गानिक उपज, हस्तकला सामग्री, पर्यटकीयस्थलको फोटोलगायत वस्तुहरु बिक्री गरिने छ । स्थानीय उत्पादनको सङ्कलन गरी ब्राण्डिङ गरेर बिक्री गर्ने उद्देश्यले बागलुङ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेश सरकार, पर्यटन तथा उद्योग कार्यालय, बागलुङ नगरपालिकाको सहयोगमा कोसेली घर स्थापना गरेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए ।
“गाउँमा उत्पादन भएको सिन्की, भट्टले बजार पाउँदैन, बजारका ठूला होटलमा बाहिरबाट सिन्की आउँछ, बजारको जिम्मा लिने कोही नहुँदा सानो परिणाममा उत्पादन भएको कृषि उपज गाउँमै खेर जान्छ”, कँडेलले भने, “बजारीकरणको जिम्मा सङ्घले लिएपछि गाउँबाट बजार झर्दा छोलामा बोकेर कृषि उपज ल्याए भइहाल्यो ।”
कोसेली घरमा सिन्कीदेखि नेपाली कागजका सामग्री पाइने कँडेलको भनाइ छ । सिन्की, भट्ट, भाँगो, टिमुर, हस्तकला, बाँसबाट बनेका सामग्री मायाको चिनो, बागलुङका पर्यटकीयस्थलको फोटो, हातले बुनेका कपडा, काठबाट बनेका भाडा कुँडालगायतका सामग्री बिक्री गर्न थालिएको छ ।
गण्डकी प्रदेश सरकारको रु तीन लाख ७२ हजार, पर्यटन तथा उद्योग कार्यालयको रु पाँच लाख, बागलुङ नगरपालिकाको रु दुई लाख र उद्योग वाणिज्य सङ्घ बागलुङको रु नौ लाख गरी रु १९ लाख ७२ हजारको लागतमा कोसेली घर सञ्चालनमा आएको महासचिव ऋषिराम गौतमले बताए ।
गौतमका अनुसार सङ्घले कोसेली घरलाई दीर्घकालीन गराउनका लागि रु पाँच लाखको सामग्री खरिद तथा चार लाखको कोष स्थापना गरेको बताए । उक्त कोषबाट सामग्री खरिद र बिक्रीका लागि दीर्घकालीन रुपमा सहयोग पुर्याउने छ । कोसेली घर लक्ष्मी पूजाको दिनबाट शुभारम्भ गरिएको छ । मायाको चिनोका रुपमा प्रयोगमा आउने सामग्री दिनका लागि कोसेली घर उपयुक्त हुनेछ । विदेशमा रहेका आफन्तलाई कोसेली पठाउन कोसेली घर प्रभावकारी बन्ने देखिएको छ । रासस

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

मुस्ताङको स्याङमा उन्नत गाई पालन फस्टाउँदै
_8Og4xLSXmN_us9gqraqhqvp7iwft5xdtagbjhtpv1pfblmcytvjrbnfnnuvtomujikd1jnt_DcJB0IfXw5_ujcpulkri1a01lcmckhz3dng7f9h4xutdnxwxzgdm5zgkx1w0bx4oncoiaxy.jpg)
प्रतिक्रिया