अभिलाषा विष्टलाई पाकिस्तानमा स्वर्ण

काठमाडौं : नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले पाकिस्तानमा सम्पन्न आईटीएफ इस्लामाबाद जुनियर्स यु-१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण पदक जितेकी छिन् । महिला डबल्सको फाइनलमा विष्टले रुसकी एरिना भालिटिभासँग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गर्दै नेपालका लागि पदक पक्का गरेकी थिइन् ।
महिला सिंगल्सको फाईनलमा भने अभिलाषा रुसकी एरिनासँग पराजित भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जानकारी दिए ।
त्यस्तै, पाकिस्तानको राजधनीमा जारी प्रतियोगिताको पुरुष डबल्सतर्फ नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतले रजत पदक जिते । फाइनलमा हाडा र रावतको जोडी अमेरिकाका रोहन बेल्डे र एलेक्जेन्डर कर्मानसँग पराजित भएपछि नेपाल रजत पदकमै सिमित भयो ।
नोभेम्बर २३ देखि सुरु प्रतियोगितामा आयोजक पाकिस्तानसँगै नेपाल, रसिया, स्पेन, अमेरिका, बेलायत, अस्ट्रेलिया र जापानको सहभागिता रहेको सदस्य विष्टले जानकारी दिए । सर्किट-२ सोमबारदेखि सुरु हुने छ ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया