प्रचण्डसहित १३ जनाविरुद्ध लडाकू शिविरमा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

काठमाडौँ - माओवादी लडाकू शिविरमा भएको घोटालाबारे छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ ।
युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणि खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन् ।
त्यस्तै उजुरी पर्नेमा सन्तु दराई, सुक बहादुर रोका, धनबहादुर मास्के, यम बहादुर अधिकारी, तेज बहादुर ओली, गणेशमान पुन, काली बहादुर खाम र महेन्द्र बहादुर शाही रहेका छन् ।
उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकासा गरिएको उल्लेख छ। माओवादी अध्यक्ष प्रचण्डले स्वयंले ७ हजार सेनालाई ३५ हजार पुर्याएर २० हजार भेरिफिकेसनमा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत उजुरीमा प्रमाणका रुपमा उल्लेख गरिएको छ ।
उजुरीमा माओवादी शिविर व्यवस्थापन गर्दा ६ वर्षको अवधिमा २० अर्ब खर्च भएको र अधिकांश रकम प्रचण्डको योजनामा निकासा गरेर भ्रष्टाचार गरिएको उल्लेख छ ।
निवेदक पौडेलले राज्यकोषबाट माओवादीले ४ अर्ब हिनामिना गरेको देखिने भएकाले उनीहरुलाई पक्राउ गरी हदैसम्मको कारवाही माग गरिएको छ ।
पौडेलले दिएको निवेदन अख्तियारले दर्ता गरेको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया