आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

नारायणी नदीमा पानीको बहाब बढ्यो

काठमाडौँ : चितवनको नारायणी नदीमा पानीको बहाब बढेको छ । बुधबार रातीदेखिको भारी वर्षाले नारायण नदीमा पानीको बहाब बढेको हो । बाढी पुर्वानुमान महाशाखाका अनुसार चितवनको कालीखोलामा पनि पानीको बहाब बढेको छ । 

यस्तै सिन्धुलीको मरिनखोला, तनहुँको बिमल नगर, बन्दीपुरमा पनि भारी वर्षा भएको खोला तथा नदीमा बाढी आएको महाशाखाले जनाएको छ ।