प्रज्ञा प्रतिष्ठानमा मतगणना सुरू

काठमाडौं : उद्योग वाणिज्य महासंघको मतदानपछि मतगणना सुरू भएको छ । टेकु र बबरमहलबाट कमलादी ल्याइएको मतपत्र बेलुकी ६ बजेबाट गणना गर्न थालिएको हो ।
मध्यरातसम्ममा मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको निर्वाचनमा खटिएका एक कर्मचारीले बताए । उनले भने, 'सकभर आजै मतपरिणाम आउने गरि काम थालिएको छ ।'
जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन् । वस्तुगततर्फ अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ चुनावी मैदानमा छन् ।
वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जना चुनावी मैदानमा रहेको महासंघले जनाएको छ । महासंघको चुनावमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत हुन्छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया