‘मिथिला सभ्यता र संस्कृतिको जगेर्ना गर्नुपर्छ’

जनकपुर- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मिथिला सभ्यता र संस्कृतिको संरक्षण सम्बर्धन तथा विकास आवश्यक भएको बताएका छन् ।
शुक्रवार मैथिली विकास कोषको जनकपुरधाम उपमहानगरपालिका–८ मा निर्माण भइरहेको भवनको अवलोकन गर्दै उपसभापति खड्काले मिथिला संस्कृतिसँग जोडिएका विषयवस्तुको पहिचान उत्खनन् र जगेर्ना गर्न मधेश प्रदेश सरकारले गरेका काम सराहनीय रहेको बताएका हुन् ।
मैथिली विकास कोषको भवन निर्माण गर्न जनस्तर र प्रदेश सरकारबाट भइरहेको कामको उनले प्रसंशा गरे । कोषका अध्यक्ष जिवनाथ चौधरीका अनुसार मधेश प्रदेश सरकारको रु सात करोडको लगानीमा पाँच कट्ठा जग्गामा निर्माण भइरहेको कोषको उक्त भवनमा सांस्कृतिक सङग्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हललगायत रहनेछन् ।
तत्कालीन जिल्ला विकास समिति धनुषाले २०५८ सालमा स्थापना गरेको कोषले दुई वर्षको अन्तरालमा जनकपुर साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्दै आएको छ ।
कोषले तीन वर्षयता मासिक कथा एवं कवि गोष्ठी आयोजना गर्दै आएको छ । मैथिली भाषा एवं साहित्यसँग सम्बन्धित एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेको कोषले ५१ हजार राशिको पुरस्कारसमेत स्थापना गरेको छ ।

भिजिट भिसा प्रकरणमा मन्त्री लेखकको नाम मुछिएपछि गृह मन्त्रालयले भन्यो- भ्रष्टाच…

मेरो कारणले कांग्रेसको शिर झुक्न दिन्न, भिजिट भिषामा संलग्नता पुष्टी भए राजनी…

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु उपयुक्त हुन्छ : शेखर कोइराला

नेकपा (एस)को ताप्लेजुङ अध्यक्षमा लिम्बू

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

प्रतिक्रिया