वन मन्त्रालयको उपलब्धि - बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा, बाँदरको हकमा प्रतिवेदन आउन बाँकी

काठमाडौँ - वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले दिगो वन व्यवस्थापनको मापदण्ड तयार भएको जानकारी दिएका छन् ।
मन्त्रालय सम्हालेको सय दिनमा गरेका कामका बारेमा जानकारी दिन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री ठकुरीले दिगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने काम सम्पन्न भएको जानकारी दिएका हुन् ।
आफ्नो कार्यकालमा सामुदायिक वन व्यवस्थापनलाई सहजीकरण गर्ने गरि मार्गदर्शन तयार गरिएको उनले बताए । मन्त्री ठकुरीले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिसकेको र रातो बाँदरको हकमा प्रतिवेदन तयार भइ स्वीकृतिको क्रममा रहेको उल्लेख गरे ।
कार्वन व्यापारमा निजी क्षेत्र समेत समावेश गर्ने गरि वातावरण संरक्षण नियमावली २०७७ संशोधनको अन्तिम चरणमा पुगेको उनले बताए ।
यस्तै मन्त्री ठकुरीले राष्ट्रिय बाँस तथा बेत बिकास रणनीति २०८१ र बाह्य मिचाहा प्रजाती नियन्त्रण रणनीति २०८१ तयार गरिएको उल्लेख गरे ।
चालू आर्थिक बर्षको आश्वीन मसान्तसम्ममा ११ वटा विकास आयोजनाहरुलाई केहि हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र ४४ हजार २ सय ७७ वटा रुख हटाउन स्वीकृति दिइएको उनले बताए ।
उनले सिमित स्रोत र साधन तथा दक्ष जनशक्तिको अभावका बाबजुत मन्त्रालयले वन संरक्षण तथा व्यवस्थापन, जैविक विविधता तथा संरक्षित क्षेत्र व्यवस्थापन, भू–संरक्षण तथा जलाधार व्यवस्थापन लगाएतका क्षेत्र धेरै महत्वपूर्ण काम भएको जानकारी दिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया