वीपीको कार्यकर्ता नभए पनि अनुयायी हुँ : मेयर शाक्य

काठमाडौँ : बीपी कोइराला मेमोरियल ट्रष्टले बिपी कोइराला अध्ययन अनुसन्धान केन्द्र भवन निर्माण गर्ने भएको छ । भवन निर्माणका लागि कांग्रेसका सभापति शेरबहादुर देउवा, बिपी पुत्र शंशाक कोइराला तथा महानगर प्रमुख विद्याशुन्दर शाक्यले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
महानगरको २ करोड, बागमती प्रदश सरकारको ५० लाख सहयोग तथा ट्रष्ट आफैँको १ करोड लगानीमा उक्त भवन निर्माण गर्न लागिएको हो । थप रकम दाताबाट जुटाउने ट्रष्टले जनाएको छ । भवन निर्माणको मात्रै लागत करिब ४ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।
प्रतिष्ठानका महासचिव रामचन्द्र पोख्रेलका अनुसार उक्त् भवन महानगरपालिका वडा–५ को हाँडीगाउँमा निर्माण हुने भएको छ । शिलान्यास कार्यक्रमलाई सम्वोधनमा देउवाले बीपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि महानगरपालिका र अन्यले गरेको सहयोगप्रति पार्टीका तर्फबाट धन्यवाद व्यक्त गरे । ‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो, देउवाले भने, ‘बीपीको सम्झना हामी सबैले गर्नुपर्छ । उहाँ विद्वान मात्रै होइन राष्ट्रवादी र समाजवादी नेता हुनुहुन्थ्यो ।’
कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस महामन्त्री समेत रहेका शशांकले बीपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रूपमा लिएको जनाए । शशांकले भने, भवन त संरचना मात्रै हो । त्यहाँ आत्मा हुनुपर्छ । आत्माले नै प्रोत्साहन गर्ने हो । आत्मा नमर्ने गरी अध्ययन–अनुसन्धान केन्द्रलाई अघि बढाउनुहोला ।’
त्यस्तै, महानगरका प्रमुख शाक्यले आफू कुनै समय बीपीलाई हेर्न र सुन्न सार्जजनिक कार्यक्रममा जाने गरेको स्मरण गराउँदै आज उनकै स्मृतिमा निर्माण हुन लागेको बीपी अध्ययन–अनुसन्धान केन्द्र भवनको शिलान्यास कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।
कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा प्रमुख शाक्यले काँग्रेस सभापति देउवातिर संकेत गर्दै दुर्घटनाबाट देशलाई बचाउन आग्रह समेत गरे । ‘बीपीले २०१५ सालमा ल्याएको दुइ–तिहाई पछि तत्कालीन शासकबाट खोसियो,’ शाक्यले भने ‘अहिलेको नेतृत्वले मुलुकलाई कुनै पनि दुर्घटना नहुने गरी देशलाई बचाएर अघि बढाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ शाक्यले आफू बीपीको कार्यकर्ता नभए पनि एक अनुयायी भएको स्मरण गराए । ‘देश विकासका लागि जीवन समर्पण गर्ने सबै नेता आदर्नीय हुनुहुन्छ,’ शाक्यले बताए, ‘उहाँहरूलाई पढ्नुपर्छ, बुझ्नुपर्छ ।’ ट्रष्टका महासचिव पोख्रेलले नेपाली साहित्यलाई अन्तराष्ट्रियस्तरसम्म परिचित गराउन उनको स्मृतिमा अध्ययन–अनुसन्धान केन्द्र स्थापना गरेको बताए ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया