नेप्से ५८ अंकले घट्यो

काठमाडौँ- सोमबार नेप्से परिसूचक ५८ अंकले घटेको छ । आज नेप्से ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा बन्द भएको छ ।
आज कुल ३१९ कम्पनीका एक करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ९० करोड ७ लाख ९१ हजार बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी वीन नेपाल लघुवित्तको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ९.८२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एंगाडी हाइड्रोको मुल्यमा ९.२० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्सको २२ करोड ३ लाख ६७ हजार बराबरको कारोबार भएको छ भने एनगाडी हाइड्रोको १७ करोड ७६ लाख ५३ हजार बराबरीको कारोबार भएको छ ।
त्यस्तै आज कुमारी बैंकको सबैभन्दा बढी ७ लाख ३१ हजार ७४१ कित्ता शेयर कारोबार भएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया