मञ्जुरीबिना फोन रेकर्ड गरेको भन्दै सुनारविरुद्ध प्रधानको उजुरी

काठमाडौँ : मञ्जुरीबिना फोन रेकर्ड गरी व्यक्तिगत स्वतन्त्रता हनन गरेको भन्दै सरस्वती प्रधानले रुपा सुनारविरुद्ध मानवअधिकार आयोगमा उजुरी दिएकी छन् । सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा केही समयअघि प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो ।
उजुरीमा सरस्वतीले रुपालाई कोठाको आवश्यकता नै नरहेको भए पनि आपराधिक कार्य गर्नकै लागि कोठा खोज्न आएको बहानावाजी बनाइ मञ्जुरीबेगर फोन रेकर्ड गरेको बताएकी छिन् । जसबाट आफ्नो वैयक्तिक जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहपूर्वक थुनाइएको उजुरीमा उल्लेख गरिएको छ । कोठाको कुरा मिलिसक्दा जातको कुरा रुपाले नै निकालेको सरस्वतीको भनाइ छ ।
राष्ट्रिय मानव अधिकार आयोगका सूचना अधिकारी सोमनाथ सुवेदीले रुपा सुनारविरुद्ध उजुरी परेको बताए । आयोगले बुधबार नै जातीय विभेदसम्बन्धी घटनाका पीडितको अधिकार सुनिश्चित गर्न आग्रह गर्न छलफल बोलाएको थियो । उक्त छलफलमा आयोगका पदाधिकारी र मन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थिति थियो ।
छलफलपछि आयोगले जारी गरेको विज्ञप्ति :

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया