मन्त्री सिंहले सार्वजनिक गरे एक सय दिनको काम र आगामी योजना

काठमाडौँ - उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो एक सय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन् ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उपप्रधानमन्त्री सिंहले आफूले नेतृत्व सम्हालेपछि भएका काम को प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
शहरी विकास मन्त्रालयले एक सय दिनमा राखेका ११ मध्ये ८ वटा लक्ष्य हासिल गरेको छ भने ३ वटा योजना चालू अवस्थामा रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । जसअनुसार धरहरा खुल्ला गरिएको, ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गरिएको जाजरकोट र रुकुम पूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाको भवन पुननिर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । त्यस्तै ५० वटा झोलुंगे पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा ४० वटा सम्पन्न भएको र १० वटा पुल निर्माण कार्य चालु अवस्थामा रहेको समेत मन्त्रालयले जानकारी दिएको छ ।
सो क्रममा उपप्रधानमन्त्री सिंहले शहरलाई सुरक्षित गर्न आवश्यक नीति बनाउन आफूले काम गरिरहेको बताए । काम गर्नेहरूलाई काम गर्ने वातावरण बनाउने गरि नयाँ नीति र ऐनहरू ल्याउन काम गरिरहेको उनको भनाइ छ ।
मन्त्रालयले पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सञ्चालनमा आएको जनाएको छ भने गोकर्णदेखि गुह्येश्वरीसम्मको ६ किमि क्षेत्रमा ढल व्यवस्थापनको काम सम्पन्न भइ १ महिनाभित्रमा गोकर्णदेखि गुह्येश्वरीसम्म ढलमुक्त हुने उल्लेख गरेको छ ।

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले भनेः दाह्री काटेर जुत्ता लगाउँछु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

‘फास्ट ट्रयाक’ बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ : मन्त्री दाहाल

श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नु पर्नेमा जोड गरौंः श्रममन्त्री भण्डारी

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

सञ्चारमन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

प्रतिक्रिया