वडाको बजेटमा ज्येष्ठ नागरिकलाई तीर्थाटन

कञ्चनपुर - बेलौरी नगरपालिका ४ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिकलाई दुई वर्षदेखि तीर्थयात्रा गराउँदै आएको छ । वडा कार्यालयले बजेट विनियोजन गरेर देशका प्रमुख तीर्थयात्रामा सरिक गराएको हो ।
चालु आवमा विनियोजन गरिएको रु दुई लाख ५० हजार बजेटबाट २५ जना ज्येष्ठ नागरिक मुक्तिनाथको यात्रामा गएका छन् । यात्रामा सहभागी ज्येष्ठ नागरिक ६८ वर्ष माथिका छन् ।
गत वर्ष ३० जना ज्येष्ठ नागरिकलाई काठमाडौँस्थित पशुपतिनाथ र मनकामना दर्शन गराइएको थियो । वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई तीर्थयात्रासँगै निःशुल्क स्वास्थ्यशिविर, न्याना लुगा वितरण हुँदै आएको छ । ज्येष्ठ नागरिकप्रति समाजले आदर गर्नुपर्छ भन्ने भावनाका साथ बजेट विनियोजन गरिएको वडाध्यक्ष अर्जुन ढकालले बताए ।
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

प्रतिक्रिया