अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं - नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी भएको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश दिएको हो ।
बारका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्चका प्रवक्ता तथा उपरजिष्ट्रार गोविन्द घिमिरेले टिप्पणी उठाएर मुद्दा दर्ता गरेका थिए । न्याय परिषद् नियमावली सच्याउन माग गर्दै लामो समयदेखि आन्दोलनमा उत्रिएको बारले न्यायाधीशहरूले भ्रष्टाचार गरेको भन्दै आक्रामक अभिव्यक्ति दिएका थिए । बारको आन्दोलनलाई बेवास्ता गर्दै निवर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका मुख्य न्यायाधीशद्वय नित्यानन्द पाण्डे र नृपध्वज निरौलालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका थिए ।
आफूहरूको आन्दोलनलाई पन्छाएर न्याय परिषदले एकलौटी गरेको भन्दै बार अध्यक्ष घिमिरेले सेटिङमा न्यायाधीश नियुक्ति गरेको आरोप लगाएपछि सर्वोच्चको फुलकोट बैठकले घिमिरेविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।

भिजिट भिसा प्रकरणमा मन्त्री लेखकको नाम मुछिएपछि गृह मन्त्रालयले भन्यो- भ्रष्टाच…

मेरो कारणले कांग्रेसको शिर झुक्न दिन्न, भिजिट भिषामा संलग्नता पुष्टी भए राजनी…

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु उपयुक्त हुन्छ : शेखर कोइराला

नेकपा (एस)को ताप्लेजुङ अध्यक्षमा लिम्बू

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

प्रतिक्रिया