नायब सिंह सैनी फेरी बने हरियाणाको मुख्यमन्त्री

काठमाडौँ - नायब सिंह सैनीले हरियाणाको मुख्यमन्त्री बनेका छन् । सैनीले विहिबार हरियाणाका गभर्नर बंडारु दत्तात्रेयसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उपस्थित थिए । साथै, महाराष्ट्र, गुजरात, छत्तीसगढ, आन्ध्र प्रदेश र मध्य प्रदेशका मुख्यमन्त्रीहरू पनि शपथ ग्रहण समारोहमा सहभागी भएका थिए ।
सैनीको शपथ ग्रहण समारोहमा भाजपा अध्यक्ष जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंह र सडक तथा यातायात मन्त्री नितिन गडकरी पनि उपस्थित थिए ।
सैनी अक्टोबर १६ मा हरियाणा विधायक दलको नेता चुनिएका थिए । यसको घोषणा गृहमन्त्री अमित शाहले नै गरेका छन् । पार्टीले अमित शाहलाई हरियाणाको पर्यवेक्षक बनाएको थियो ।
सैनी यस वर्ष मार्चमा हरियाणाको मुख्यमन्त्री बनेका थिए । उनले मनोहरलाल खट्टरको स्थानमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । उनकै नेतृत्वमा भारतीय जनता पार्टीले हरियाणामा सबै सर्वे र एक्जिट पोलको अनुमानका विपरित बहुमतसहित जित हासिल गरेको थियो ।

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

जुलाई १ देखि जर्मनी जान थप समस्या हुने

पहिला उनी थिए आतंककारी, अब अमेरिका र युरोपको ब्यापारिक साझेदार

अन्तरिक्षमा भेटियो रहस्यमय भाइरस, वैज्ञानिकहरू नै देखेर अचम्मित

'प्यालेस्टाइनी पक्षधर' सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

गाजामा इजरायली हमलामा १६ जनाको मृत्यु

इजिप्टमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु, सात घाइते

प्रतिक्रिया