तीन दलबीच सर्च कमिटीलाई पूर्णता दिने सहमति

काठमाडौँ - प्रमुख दलबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि तत्काल सर्च कमिटीलाई पूर्णता दिने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकले तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने सहमति भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए ।
आयोग गठनका लागि अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको थियो । बस्नेतले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने बारेमा छलफल भएको र शीर्ष दलबीच सहमति समेत भएको जानकारी दिए ।
उनले एकदिनभित्रै सर्च कमिटीले पूर्णता पाउने र निश्चित समयभित्र आयोग गठनको काम टुङ्गीने उल्लेख गरे । आयोगमा रहने पदाधिकारीको सिफारिस सर्च कमिटीले गर्ने उनले बताए ।
बैठकमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी थिए । गत भदौ १३ गते राष्ट्रपतिबाट उक्त आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया