थोमस टुचल इङ्ल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्दै

काठमाडौँ- चर्चित फुटबल प्रशिक्षक थोमस टुचल इङ्ल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्ने भएका छन् ।
मिडिया रिपोर्टका अनुसार इङ्ल्याण्डको फुटबल फेडेरेसनले टुचेलसँग सम्झौता गरेको र यसै साता उनको नाम सार्बजनिक गर्ने बताइएको छ । टुचेलसँग २०२६ को विश्वकपसम्मका लागि सम्झौता भएको बताइएको छ ।
५१ वर्षीय टुचेल यसअघि बायर्न म्युनिख, चेल्सी, पिएसजी, डोर्टमण्ड जस्ता क्लबको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा चेल्सीले २०२०-२१ को च्याम्पियन्स लिग जितेको थियो । यस अघि टुचेल म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न सक्ने बताइएको थियो ।
टुचेल इङ्ल्याण्डको प्रशिक्षक बन्ने पहिलो जर्मनी प्रशिक्षक हुन् । साथै उनी स्भेन गोरान इरिक्सन र फाबिओ कापेलोपछि तेस्रो विदेशी प्रशिक्षक पनि बन्दै छन् । उनले इङ्ल्याण्डको प्रशिक्षकको रुपमा कहिलेदेखि शुरुवात गर्छन् भन्ने स्पष्ट भएको छैन ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया