भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनाव मिति घोषणा

काठमाडौँ - भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनावको मिति घोषणा गरिएको छ ।
भारतीय निर्वाचन आयोगले मंगलबार दुई राज्यको चुनावको मिति घोषणा गरेको हो ।
पत्रकार सम्मेलन गर्दै मुख्य निर्वाचन आयुक्त राजीव कुमारले महाराष्ट्रमा एकै चरणमा नोभेम्बर २० मा चुनाव हुने जानकारी दिएका छन् भने अर्को राज्य झारखण्डमा दुई चरणमा चुनाव हुने छ । झारखण्डमा पहिलो चरणको मतदान नोभेम्बर १३ मा हुनेछ र दोस्रो चरणको मतदान नोभेम्बर २० मा हुनेछ । दुवै राज्यको मतगणना नोभेम्बर २३ मा हुने आयोगले जानकारी दिएको छ ।
महाराष्ट्र विधानसभाको कार्यकाल २६ नोभेम्बरमा समाप्त हुँदै छ भने झारखण्ड विधानसभाको कार्यकाल जनवरी ५, २०२५ मा समाप्त हुँदै छ ।
२८८ सदस्यीय महाराष्ट्र विधान सभामा अहिले भारतीय जनता पार्टी, एकनाथ सिंधे नेतृत्वको शिव सेना र अजित पावर नेतृत्वको एनसिपीको गठबन्धनको सरकार रहेको छ ।
त्यस्तै ८१ सदस्यीय विधानसभा रहेको झारखण्डमा भने झारखण्ड मुक्ति मोर्चा, कांग्रेससहितको गठबन्धनको सरकार रहेको छ ।

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

जुलाई १ देखि जर्मनी जान थप समस्या हुने

पहिला उनी थिए आतंककारी, अब अमेरिका र युरोपको ब्यापारिक साझेदार

अन्तरिक्षमा भेटियो रहस्यमय भाइरस, वैज्ञानिकहरू नै देखेर अचम्मित

'प्यालेस्टाइनी पक्षधर' सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

गाजामा इजरायली हमलामा १६ जनाको मृत्यु

इजिप्टमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु, सात घाइते

प्रतिक्रिया