राउत प्रधानन्यायाधीशमा नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् ।
आइतबार राष्ट्रपति पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
यस अघि राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषद्को सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

नेपाल शिक्षक महासंघको आन्दोलन विरुद्ध रिट

कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

लामिछानेलाई थुनामै राख्ने आदेश

न्यायाधीश नियुक्त स्वागत नगर्ने बारको अडान

उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्त

प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त

प्रतिक्रिया