अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा

काठमाडौँ - नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको स्थगित २३औं राष्ट्रिय अधिवेशन मंसिर २३ र २४ गते हुने भएको छ ।
उमेरहद विवादका कारण रोकिएको अधिवेशन मंसिर २३ र २४ गते हुने निर्णय भएको अध्यक्ष मण्डलले जानकारी दिएको छ ।
वीरबहादुर थापा अध्यक्ष रहेको ७ सदस्यीय अध्यक्षमण्डलले शनिवार विज्ञप्ति जारी गर्दै रोकिएको अधिवेशन मङ्सिरमा हुने बताएको हो ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही १० गते उद्घाटन गरेको अधिवेशनमा उमेर हद लगाउने विषयमा विवाद भएपछि मतदानबाट समाधानको प्रयास गरिएको थियो ।
बन्द सत्र अनिर्णित भइरहेका बेला देशभर परेको बाढी पहिरोलाई कारण देखाउँदै अधिवेशन बन्द सत्रबाट नै अनिश्चितकालका लागि स्थगित भएको थियो ।
शनिबार बसेको शीर्ष तहका पार्टीका नेता तथा विद्यार्थी नेताहरूबीच बन्द सत्रमा उत्पन्न विवाद मत विभाजनको आधारमा टुंगो लगाउने सहमति भएसँगै मङ्सिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय भएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया