व्यवस्था नै गुम्छ कि भन्ने आशंका सुरु भयो : कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक र भौतिक दुरी कायम राख्दै १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । चिकित्सकसमेत रहेका उनले भाइरस अझै केही समय रहिरहन सक्ने बताउँदै यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुने बताए। कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउन जिल्ला सभापतिहरूलाई आग्रह गरे ।
नेपाली कांग्रेस सुनसरी-काठमाडौ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा डा कोइरालाले भने, 'सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो । व्यवस्था नै गुम्छ कि भन्ने आशंका सुरु हुन थालेको छ । यस्तो बेलामा महाधिवेशनमार्फत कांग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ ।'

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

प्रतिक्रिया