पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु
वीरगञ्ज : पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मंगलबार बिहान खेतमा धान रोप्न र भैंसी चराउन गएका बेला एक महिलासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ देवरबानाका ५५ वर्षीय रघुवीर यादव बिहान भैंसी चराउन आफनै खेतमा गएको बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ गदियानीका २७ वर्षिय रुस्लान गदीको पनि चटयााङ लागेर मृत्यु भएको छ । पटेर्वासुगौली वडा नम्बर ४ स्थित बिहान भैंसी चराउन गएका बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै भैंसी चराउन गएका राजवली गदी, चट्याङ लागेर गम्भीर घाइते भएका छन् । घाइते राजवलीलाइ उपचारका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कर्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले जानकारी दिए ।
यस्तै खेतमा धान रोप्न गएका बेला चङटयाङ लागेर पर्साकै जीराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुरकी ५० वर्षिया असतुरनी देवी थारुको पनि मृत्यु भएको छ । खेतमा बिहान धान रोप्न गएका बेला चट्याङ लागेर थारुको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया