जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड

काठमाडौँ- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनका कारण देशको कृषि क्षेत्रमा प्रभावित भएको बताएका छन् । उनले जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड दिएका छन् ।
मंगलबारअन्तरराष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तनको सामनामा पर्वतीय खाद्य प्रणालीको दिगोपनलाई सम्बोधन गर्न सबै एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
देशको पहाडी पारस्थितिक प्रणालीको समृद्ध विविधताले लाखौँको जीविकोपार्जनलाई सहयोग पुर्याएको चर्चा गर्दै मन्त्री अधिकारीले साना तथा सीमान्त किसानले राष्ट्रिय खाद्य सुरक्षाको लागि महत्वपूर्ण योगदान गरेको बताए ।
नेपालका विविध कृषि–जलवायु क्षेत्र, समृद्ध पारिस्थितिक क्षेत्र र कृषि जैविक विविधताले खाद्य र पोषण सुरक्षा, कृषि उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तरमा सुधार ल्याउन अपार सम्भावना प्रदान गरे पनि दबाबपूर्ण चुनौतीको सामना गर्नुपरिरहेको मन्त्री अधिकारीले उल्लेख गरे।
जलवायु परिवर्तनबाट परेको प्रभावको सामना गर्न सरकारले प्रकृतिमैत्री,सरल, दिगो समाधानका उपाय अपनाउन सङ्कल्प गरेको भन्दै मन्त्री अधिकारीले कृषि प्रणालीमा प्रारम्भिक चेतावनी प्रणालीको विकास गरी कार्यान्वयन गर्न मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिए । जलवायु परिवर्तनका असर घटाउन प्रविधि विकास तथा हस्तान्तरण गर्न उनले जोड दिनुभएको इसिमोडले जनाएको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया