सर्वाेच्चका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी

काठमाडौँ - संसदीय सुनुवाइ समितिमा सर्वाेच्चका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा राउतविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराएको हो । गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेपछि समितिले उजुरी आह्वान गरेको थियो ।
त्यस्तै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएका सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध दुई वटा उजुरी प्राप्त भएको समिति सदस्य पशुपतिशम्शेर राणाले जानकारी दिए । समितिले उजुरीकर्तासँग मंगलबार छलफल गर्ने जनाएको छ ।
असोज १६ गते राउतको सुनुवाइ हुने समिति सदस्य जबराले जानकारी दिए । त्यस्तै सर्वोच्च अदालतका लागि सिफारिस भएका दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको उनले बताए ।
न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशका लागि नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको थियो ।
सडक निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा यादवविरुद्ध मुद्दा

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

सर्वोच्च अदालतबाट ढकालको रिट खारेज

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

प्रतिक्रिया