निगमले अन्तर्राष्ट्रिय उडानको टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने

काठमाडौँ - नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने जनाएको छ ।
काठमाडौँबाट २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरू छुट्न गएका यात्रुले अक्टोबर ११ तारिखसम्म यात्रा गर्न चाहेमा थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको हो ।
प्रवक्ता रमेश पौडेलले निगमको अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था मिलाइएको र यथाशीघ्र सम्पर्क गरी सो सेवा लिन सूचना जारी गरिएको बताए ।
निगमले अन्तर्राष्ट्रियतर्फ भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया