नेप्सेमा ४९ अंकको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार

काठमाडौँ - नेप्सेमा आज ४९ अंकको बढेको छ । बुधबार नेप्से ४९.१३ अंकले बढेर २५१९.५७ विन्दुमा रोकिएको हो ।
आज ३२७ कम्पनीको कारोबार हुँदा एक करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, न्यादी हाइड्रो, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत र थ्री स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज हिमालयन हाइड्रोको सेयर मूल्य सर्वाधिक ६.३६ प्रतिशतले घटेको छ ।
त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १५ करोड ६४ लाख १७ हजार ७८७ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै आज हाइड्रोइलेक्ट्रीसिटीको सेयरको सबैभन्दा बढी ५ लाख ५४ हजार ८४८ कित्ता सेयर कारोबार भएको छ ।

प्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

प्रतिक्रिया