निषेधाज्ञा खुकुलो भए पनि अझै खुलेनन् यी क्षेत्र

काठमाडौँ : काठमाडौँ जिल्ला प्रशासन कार्यलयले असार १५ देखी जारी निषेधाज्ञा खुकुलो पारेसँगै अझै केही समय अन्य क्षेत्रहरू बन्द हुने भएका छन् । निषेधाज्ञा खुकुलो भए पनि अझै सञ्चालनमा ल्याउन नपाउन यी हुन्
सबै प्रकारका सभा सम्मेलन गोष्ठी , सिनेमा हल, पार्टी प्यालेस, डान्सबार दोहोरी क्लब, स्विमीङ पुल, मनोरन्जन स्थल सैलुन, ब्यूटि पार्लर हेल्थ क्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चीडियाखाना, रंगशालामा हुने दर्शकसहितका खेलकुद र भिडभाडमा हुने अन्य कार्यक्रम संचालन गर्न नपाउने ।
खुलास्थानमा मानिसहरू भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा महोत्सव, भोजभतेर आदी गर्न गराउन नपाउने । विवाह व्रतबन्ध तथा सामूहिक रुपमा गरिने साँस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने । पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा साँस्कृतिक गतिविधीहरु संचालन गर्न नपाउने ।
शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्रले भौतिक उपस्थितिमा पठनपाठन तथा संचालन गर्न गराउन नपाउने ।
सवारी साधन आवत जावतका हकमा
अत्यावश्यक सामाग्री बोकेका डुवानीका सवारी साधन बिरामी तथा कुरुवा ९२ जना बोकेका० एम्बुलेन्स, स्वास्थ्य कर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र अन्य जिल्लाबाट सवारि पस लिई आएका बाहेक अन्य सवारी साधन काठमाडौँ जिल्लाभित्र प्रवेश गराउन रोक ।
अत्यावश्यक कार्यह्ररु जस्तै मृत्यु सँस्कार बिरामी तथा कुरुवा लगायतका कार्यका लागी उपत्यका बाहिर जान सम्बन्धित स्थानिय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यलयमा निवेदन पेश गरेमा अन्तर जिल्ला आवतजावत गर्न सहजिकरण गरिने ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया