आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

निषेधाज्ञाबारे नयाँ आदेश : अब बैंक र सहकारी भीडभाड नहुने गरी खोल्‍न पाइने

काठमाडौँ : काठमाडौँ उपत्यकाका तीन जिल्‍लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बैंक तथा वित्तिय संस्था भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरी सञ्‍चालन गर्न पाइने निर्णय गरेका छन् । सोमबार बसेको बैठले यस्तो निर्णय गरेको हो ।

बैंक, वित्तिय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्थाहरू स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्ति परिचालन गरी भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरी सञ्‍चालन गर्न पाइने निषेधाज्ञाबारे जारी नयाँ आदेशमा उल्लेख छ ।

औषधि तथा स्वास्थ्य सामग्री, सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा सञ्‍चालन गर्न पाउने भएका छन् । त्यस्तै खाद्यान्‍न दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरू, खेलकुद सामग्री पसल, स्टेशनरी/पुस्तक पसलहरू बिहानदेखि साँझ ६ बजेसम्म सञ्‍चालन गर्न पाउने भएका छन् ।

र, यो पनि

 

डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल सोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर पसल) र निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ)लगायत अन्य पसल/व्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्‍चालन गर्न पाइनेछ ।

त्‍यस्तै अत्यावश्यक वस्तुहरूको अनलाइन अर्डर, रेष्टुरेण्ट एंव फास्टफुड तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्‍चालन गर्न पाइनेछ ।

सवारी साधन मर्मतका लागि वर्कशपहरू साँझ ७ बजेसम्म सञ्‍चालन गर्न पाइने नयाँ आदेशमा उल्लेख छ ।

त्यसैगरी पसल तथा व्यवसाय सञ्‍चालन सञ्‍चालन गर्न कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्ने, अनपवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ । यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्ने सकिने बताइएको छ ।

अब २५ सिट क्षमता बढी भएका सार्वजनिक यातायातका सवारीसाधन चल्न पाउनेगरी निषेधाज्ञा खुकुलो भएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख ढुण्डीप्रसाद निरौलाका अनुसार बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् ।