नेपालले आज ओमानको सामना गर्दै

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ८:४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ ।
नेपालले यस अघि खेलेका यस सिरिजका तिनै खेलमा हार बेहोरेको छ । नेपालले क्यानडासँगका दुवै खेलमा हार बेहोरेको छ भने ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ । नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।
क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।
नेपालले लिग-२ मा अहिलेसम्म ७ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ६ खेल हार बेहोरेको छ । त्यस्तै ओमानले अहिलेसम्म खेलेका ६ खेलमा २ जित, ३ हार र एक खेल नतिजाविहीन हुँदा अंक बाँडेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया