सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु- नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार गर्दा विश्लेषकको नाममा कुनै पनि व्यक्तिको भर नपर्न आग्रह गरेको छ । हालसम्म नेप्सेले विश्लेषकको रूपमा कसैलाई पनि मान्यता दिएको वा दर्ता गरेको अवस्था नभएको भन्दै नेप्सेले स्वघोषित रूपमा शेयर विश्लेषक मान्नेहरूलाई विश्वास नगर्न अनुरोध गरेको हो ।
‘फेसबुक, ट्विटर, क्लबहाउस लगायत सामाजिक सञ्जाल वा आम सञ्चार माध्यममा यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाइ लगानी गर्दा जोखिममा पर्न सकिन्छ,’ नेप्सेले भनेको छ, ‘त्यसैले यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सम्बन्धित सबैलाई अनुरोध गर्दछ ।’
पछिल्लो समय ३ हजार हाराहारीसम्म पुगेको नेप्से परिसूचक सोमबार २५२९ अंकमा झरेको छ ।

प्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

प्रतिक्रिया