काठमाडौँमा सार्वजनिक यातायात खुल्यो, यस्तो छ निषेधाज्ञाबारे नयाँ आदेश

काठमाडौँ : काठमाडौँ उपत्यकामा २५ सिट क्षमता बढी भएका सार्वजनिक यातायातका सवारीसाधन चल्न पाउनेगरी निषेधाज्ञा खुकुलो भएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख ढुण्डीप्रसाद निरौलाका अनुसार बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् ।
जनस्वास्थयका मापदण्ड पालना गरी सञ्चालन दिने निर्णय भएको निरौलाले इकागजलाई जानकारी दिए । 'जोर-बिजोर नम्बर प्रणालीका आधारमा सवारीसाधन सञ्चालनमा आउनेछन,' निरौला भने ।
खाद्यान्न पसल खोल्ने समय थप गर्ने विषयमा समय तालिका तयार नभइसकेको निरौलाको भनाइ छ । यो सँगै उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुँदै गएको छ । दोस्रो लहरको कोभिड-१९ को संक्रमण बढेपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया