सेनाद्वारा बाढी पहिरो प्रभावितको उद्धार र राहत वितरण
काठमाडौँ : नेपाली सेनाले हेलम्बु गाउँपालिकाका पहिरो प्रभावितलाई राहत वितरण गर्ने र जोखिममा रहेकालाई उद्धार गर्ने कामलाई तिव्रता दिएको छ । हेलम्बु गाउँपालिकास्थित किउल ईलाकाका बाढी पहिरो प्रभावित व्यक्तिहरुको लागि स्वास्थ्य उपचार दिलाउने उद्देश्यले प्रादेशिक अस्पताल हेटौडा र नेपाली सेनाको फिल्ड एम्बुलेन्स गुल्मको संयुक्त मेडिकल टोलीले मिति मेडिकल क्याम्प सञ्चालन गरेको छ ।
उक्त मेडिकल क्याम्पबाट ४३ जना बाढीपीडित व्यक्तिहरुलाई औषधि वितरण गरिएको थियो । यस्तै हेलम्बु गाउँपालिका – ७, चनौटे बजार रातो पुल नजिक मेलम्ची खोलाले कटान गरेको स्थानमा ग्याविन जाली भर्ने काम पनि नेपाली सेनाले गरेको छ ।
हेलम्बु गाउँपालिका– ७ महाँकालस्थित श्री महेन्द्र आधारभुत विद्यालयको प्राङ्गणमा बाढी पहिरोबाट प्रभावित व्यक्तिहरुलाई राहत सामग्री वितरण गरेको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया