नासा र स्पेसएक्सले अर्को हप्ता नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने

काठमाडौँ - नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा चालक दलसहितको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।
नासाका अन्तरिक्ष यात्री निक र रोसकोमसका अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ ‘स्पेसएक्स क्रु–९ मिसन’ मा अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस)मा प्रक्षेपण गर्ने तयारी गरिरहेको नासाले जनाएको छ ।
यो उडान नासाको कमर्शियल क्रु प्रोग्रामअन्तर्गत स्पेसएक्स सँगको नौ चालक दल रोटेशन मिसन हो ।
दुई अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको लन्च कम्प्लेक्स ४० बाट ‘स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यान’बाट अन्तरिक्षमा जाने कार्यक्रम रहेको छ ।
नासाका अनुसार क्रु–९ ले तल्लो पृथ्वीको कक्षभन्दा बाहिर मानव अन्वेषणको लागि तयारी गर्न र पृथ्वीमा मानवतालाई फाइदा पु¥याउन नयाँ वैज्ञानिक अनुसन्धान सञ्चालन गर्नेछ ।
जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानबाट आइएसएस पुग्नुभएका नासा अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्स हेग र गोर्बुनोभसँगै पृथ्वीमा फर्किनेछन् ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया