इरानका वरिष्ठतम परमाणु वैज्ञानिकको हत्या

राजधानी तेहराननजिकै इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गरिएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
इरानका विदेशमन्त्री जवाद जारिफले 'कुनै राज्यद्वारा गरिएको आतङ्कवादी कर्म' भन्दै हत्याको निन्दा गरेका छन् । इरानको गोप्य पारमाणविक कार्यक्रममा फख्रिजादेहको भूमिका रहेको पश्चिमा गुप्तचर निकायहरूको विश्वास रहिआएको छ ।
भूमिका
'यदि इरानले पारमाणविक अस्त्रहरूको विकास गर्न चाह्यो भने फख्रिजादेह इरानी बमका पिता ठहरिनेछन्,' सन् २०१४ मा एक पश्चिमा कूटनीतिज्ञले समाचार संस्था रोयटर्सलाई भनेका थिए । इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको बताउँदै आएको छ ।
इरानले प्रवर्द्धित युरेनियमको बढ्दो मात्रामा विकास गरिरहेको ताजा चासोबीच वरिष्ठतम वैज्ञानिकको हत्याको समाचार बाहिर आएको हो । गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका लागि प्रवर्द्धित युरेनियम महत्त्वपूर्ण मानिन्छ ।
सन् २०१५ मा छवटा शक्ति राष्ट्रहरूसँग भएको सम्झौताले इरानको प्रवर्द्धित युरेनियम उत्पादनलाई सीमित तुल्याइदिएको थियो । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशलाई सम्झौताबाट अलग गरेपछि इरानले पनि उक्त सहमतिलाई मान्न छोड्यो ।
लामो समयदेखि इजरेलले सम्झौताको विरोध गर्दै आए पनि राष्ट्रपति निर्वाचित जो बाइडनले ज्यानुअरीमा पद सम्हालेपछि इरान सँगको सम्झौतामा अमेरिका फर्कने प्रतिबद्धता जनाएका छन् । सन् २०१० देखि २०१२ को अवधिमा इरानका चारजना परमाणु वैज्ञानिकको हत्या भएको छ र हत्यामा इजरेलको संलग्नता रहेको तेहरानले आरोप लगाउने गरेको छ । सन् २०१८ को एप्रिलमा इरानको पारमाणविक कार्यक्रमबारे प्रस्तुति दिँदा खासगरी इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले फख्रिजादेहको नाम उल्लेख गरेका थिए ।
मोहसिन फख्रिजादेहलाई के भयो ?
'सशस्त्र आतङ्कवादीहरूले रक्षा मन्त्रालय अन्तर्गतको रिसर्च एण्ड इनोभेशन सङ्गठनका प्रमुख मोहसिन फख्रिजादेह सवार गाडीलाई निशाना बनाए,' रक्षा मन्त्रालयद्वारा शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ । 'आतङ्कवादीहरू र उहाँका अङ्गरक्षकहरूबीच भएको एउटा भिडन्तपश्चात् फख्रिजादेह गम्भीर रूपमा घाइते हुनुभयो र उहाँलाई तत्काल अस्पताल पुर्याइयो ।' उहाँको ज्यान जोगाउने चिकित्सकहरूको प्रयास दुर्भाग्यवश विफल भयो र केही 'मिनेटअघि मात्रै उहाँले संसार छोड्नुभयो,' विज्ञप्तिमा अगाडि भनिएको छ ।
को थिए मोहसिन फख्रिजादेह ?
उनी इरानका ख्यातिप्राप्त परमाणु वैज्ञानिक हुनुका साथै इरानको इस्लामिक 'रिभोल्युशनरी गार्ड कर्प्स'का एक वरिष्ठ अधिकारी पनि थिए । पश्चिमा सुरक्षा स्रोतहरूले लामो समयदेखि उनलाई एकदमै शक्तिशाली र इरानको पारमाणविक कार्यक्रमका महत्त्वपूर्ण व्यक्ति भएको बताउँदै आएका थिए ।
सन् २०१८ मा इजरेलले हात पारेका गोप्य दस्तावेजहरूका अनुसार पारमाणविक अस्त्र निर्माणका लागि उनले इरानी कार्यक्रमको नेतृत्व गरे । त्यसबेला इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले फख्रिजादेहलाई इरानको पारमाणविक कार्यक्रमका प्रमुखको रूपमा चिनाएका थिए र 'यो नाम सम्झिराख्नूस्' भनेर मानिसहरूलाई आग्रह गरेका थिए । (बीबीसी)

प्रकृति लम्साल प्रकरणका आरोपित युवक अद्विक श्रीवास्तव धरौटीमा रिहा

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_e6lgDAcenH_c1xhdhioww95obsmoogelkj3xafwiytlf7yvzp7eho8fy88xyjghqscxm8wr.jpg)
प्रतिक्रिया