‘न्यायाधीश नियुक्ति प्रक्रिया अविलम्ब अघि बढाउ’

काठमाडौँ - सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको अविलम्ब नियुक्तिको प्रक्रिया अगाडि बढाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ ।
सर्वोच्च अदालत बारको आज बसेको कार्यसमितिको बैठकले सर्वोच्च अदालतमा रिक्त पाँच जना न्यायाधीशको अविलम्ब नियुक्तिको प्रक्रिया अगाडि बढाउन उक्त ध्यानाकर्षण गराएको हो ।
“सर्वोच्च अदालतमा हाल पाँच जना न्यायाधीशहरूको पद रिक्त भई दैनिक सेवा प्रवाहमा असर परिरहेको कुरामा सर्वोच्च अदालत बार एशोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ”, बैठकपछि सर्वोच्च अदालत बारका सचिव श्यामकुमार खत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालतका न्यायाधीशहरूको अविलम्ब नियुक्ति गर्न र मापदण्ड पूरा गरेका अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्नु ध्यानाकर्षण गर्दछ ।”
बारले २०८१ साल साउन १० गते प्रधानन्यायाधीश र वरिष्ठतम न्यायाधीशलाई भेटी उक्त विषयमा ध्यानाकर्षण गरेको कुरा स्मरणसमेत गराएको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया