प्रजातन्त्रलाई मजबुद बनाउनका लागि संविधान संशोधन - सभापति देउवा

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई मजबुत बनाउनका लागि संविधान संशोधन गर्न सकिने बताएका छन् ।
संविधान दिवसको सन्दर्भमा मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेसको कानुन विभागले आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस–एमालेले भन्दै आएको संविधान संशोधन प्रजातन्त्रको खिलापमा नभई प्रजातन्त्रलाई मजबुत बनाउनका लागि हुने बताएका हुन् ।
कांग्रेस–एमाले प्रजातन्त्रको पक्षमा लडेका पार्टीहरू भएकाले कुनै शंका नगर्न उनले आग्रह गरे । त्यस्तै देउवाले प्रदेश संरचनालाई हटाउन नसकिने भन्दै यसलाई अझ बढी उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । उनले समानुपातिकका विषयमा प्रश्न उठेपनि समावेशीताको खिलापमा जनमत नरहेको धारणा राखे ।
कतिपय समुदाय आफैँ चुनाव जित्न नसक्ने अवस्थामा रहेकाले समावेशी राजनीति आवश्यक रहेको उनले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया