नेप्सेमा ५७ अंकको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ - नेप्सेमा आज ५७ अंकको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अंकले घटेर २५८०. ७६ विन्दुमा रोकिएको छ ।
आज ३१२ कम्पनीको कारोबार हुँदा एक करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी ३१ करोड ११ लाख ४९ हजार ७३६ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी ५ लाख ७७ हजार ३८९ कित्ता शेयर कारोबार भएको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया