एपिएफ क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लियो
काठमाडौँ - विभागीय टोली नेपाल एपिएफ क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्दै एपिएफ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । एपिएफलाई जित दिलाउन निशा थोकरले खेलको चौथौ मिनेटमा, रश्मी कुमारी घिसिङले ११ र २५ औं मिनेटमा, ५३ औं मिनेटमा गीता राना मगर र ७७ औं मिनेटमा हिमा रावतले गोल गरिन् । त्यस्तै एक गोल आत्मघातीमार्फत पाएको थियो ।
एपिएफले ५ खेलमा ४ मा जित र १ खेल बराबरी खेलेको छ । कर्णाली भने समान खेलमा १ अंकका साथ नवौं स्थानमा छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगमा १० टोलीको सहभागिता छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया