छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु

डोल्पा : छुट्टाछुट्टै दुर्घटनामा परेर डोल्पामा दुई जनाको मृत्यु भएको छ । तल्लो डोल्पाअन्तर्गत मुड्केचुला गाउँपालिका–४ इल गाउँबस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युत्को नहरकुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ ।
मृतक रोकाय बिहान खाना खाएर जगदुल्ला हाइड्रो पावरको काम गर्न निस्किएको र साँझ अबेरसम्म नआएपछि खोजी गर्दा मृत फेला परेको प्रहरीको भनाइ छ ।
त्यसैगरि तल्लो डोल्पामै पर्ने जगदुल्ला गाउँपालिकामा ट्रयाक्टरको ट्रलीले च्यापेर सहचालकको मृत्यु भएको छ । सोही गाउँपालिकामा पर्ने चौरीकोटबाट माझगाउँतर्फ खाद्यान्नलगायतर्फ सामान लैजाने क्रममा ट्रयाक्टरको ट्रली बिग्रिएर बेरिङ्ग फेर्ने क्रममा जग भाँचिन गई च्यापिएर सोही गाउँपालिका वडा नं ६ गैरीगाउँ बस्ने १९ वर्षीया केरसिंह विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । चालक फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए । रासस

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया