आन्दोलनरत इन्जिनियर काममा फर्किने

काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(भवन) अन्तर्गतका आन्दोलन प्राविधिकहरू काममा फर्किने भएका छन् । उनीहरुका मागबारे प्राधिकरणसँग सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएसँगै नियमित काममा फर्किन राजी भएका हुन् ।
पुनर्निर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकहरू लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । सहमतिमा प्राविधिकहरुले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनुपर्ने सेवा, सुविधाहरु उपलब्ध गराउने सहमति भएको छ । प्राविधिकहरुले पाउनुपर्ने सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष ०७७/०७८ को श्रावण महिनाबाटै नियमानुसार उपलब्ध गराइने भएको छ ।
त्यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगा अन्तर्गत रही कार्यरत इन्जिनीयर राजा साहको कामकै दौरान मृत्यु भएको थियो । उनको परिवारलाई बीमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाई(भवन)ले पहल गर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । पहिला प्राधिकरणअन्तर्गत कामकाज गरेका कर्मचारीहरु (प्राविधिकहरु, सामाजिक परिचालकहरू, डकर्मीहरू समेत)को कार्य अनुभवसहितको विवरण रोस्टर तयार पारिने भएको छ । तिनको विवरण अनलाइन पोर्टलमा राख्ने साथै त्यस रोस्टरलाई सम्बन्धित विभिन्न निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने र प्राविधिकहरुलाई भावी दिनमा अन्यत्र काम गर्दा आवश्यक पर्ने रिफ्रेसर तालिमको व्यवस्था प्राधिकरणले गर्ने सम्बन्धमा सहमति भएको हो ।
सहमति भएसँगै प्राविधिकहरु काममा परिचालित हुने र रोकिएको निजी आवासको सिफारिस गरेर तत्काल किस्ता पाउने गरी काम गर्ने तथा कार्तिक मसान्तभित्र तेस्रो किस्ताको रकमका लागि निवेदन हाल्नसक्ने लक्ष्यको साथ काम गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।
आन्दोलनरत प्राविधिकहरुले आफ्नो माग पूरा भएको बताएका छन् । आन्दोलनरत केन्द्रीय आयोजना कार्यान्वयन इकाई(भवन) अन्तर्गतका प्राविधिकहरुको तर्फबाट अध्यक्ष अविनाश अमरले आफूहरुको माग पूरा भएको र काममा खटिने बताए ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया