हिरासतमा रहेका व्यक्तिलाई छुटाउन ६० हजार रुपैयाँ घुस माग्ने प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : हिरासतमा रहेका प्रहरी व्यक्तिलाई छुटाउन ६० हजार रुपैयाँ घुस माग्ने प्रहरी जवानविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुनसरीको ईलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवले ईलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा अख्तियारले उनलाई पक्राउ गरेको थियो ।
आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले प्रहरी जवान यादवलाई शनिबार पक्राउ गरेको हो । अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस माग गरेको पुष्टि भएपछि अख्तियारले ६० हजाररुपैयाँ विगो माग दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया