उपसभामुख प्रकरणमा 'वेट एण्ड वाचको सिचुयसन'मा छौँ : रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ ।
बुधबार बसेको सचिवालयको बैठकमा सत्तारुढ दलहरूले उपसभामुख रानामगरलाई हटाउने तयारी गरेको विषयमा पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
‘लगभग १८/१९ महिना अगाडि भिसाका लागि हस्ताक्षर गर्नु भएको रहेछ । उहाँले अन्तरवार्ताका लागि अमेरिकी दूतावासमा पत्राचार गर्नुभएको रहेछ । त्यो सही विषय त थिएन। आज आएर गलत भएको पनि होइन, उहाँहरूले अहिले दाउपेचमा पार्नु भएको छ । गठबन्धन बनेपछि यो विषय सान्दर्भिक भएको हो । यसमा नराम्रो भयो भने कानुनी प्रक्रिया छ नि । छानबिन हुनुपर्छ । रानाले स्पष्टीकरण दिने मौका पाउनुपर्छ’ उनले भने ।
उनले संवैधानिक परिषद्मा आफ्नो उपस्थिति नहुने भएपछि कांग्रेसको पहलमा यो कदम चालिएको बताए । झाले आफुहरू 'वेट एण्ड वाचको सिचुयसन'मा रहेको बताउँदै यस विषयलाई कसरी प्रतिकार गर्ने भन्ने तयारी गरिरहेको बताए ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

प्रतिक्रिया