'असार १७ गतेबाट भाडा बढाएर आन्तरिक उडान सञ्चालन गर्छौ'
'मूल्य समायोजनको प्रस्ताव आएको छैन'

काठमाडौँ : निजी वायुसेवा सञ्चालक संघले टिकटको मूल्य बढाएर आन्तरिक उडान सञ्चालन गर्ने भएका छन् । हवाई इन्धनको मूल्य बढेकाले मूल्य समायोजन गरी साविकको भाडा भन्दा केही बढाइने निजी वायुसेवा सञ्चालक संघले जनाएको छ ।
मूल्य बढाएको सिलिङ तयार गरेर राख्ने र त्यसलाई निरन्तरता दिने वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । केही दिन अघि इन्धनको मूल्य बढाएकाले सरकारसमक्ष मूल्य समायोजन गरिदिन आग्रह गरिसकेको उनले बताए । उनका अनुसार टिकट बुकिङ खुला भइसकेको छ ।
'उडान भर्दा यात्रुलाई केही सस्तो पनि पर्न सक्छ,' कँडेल भन्छन,' मूल्य बढाएको लिस्टीङ तयार गरेर राखिन्छ ।' हवाइ इन्धनको मूल्य वृद्धि भएकाले मूल्य समायोजन हुने उनले विश्वास व्यक्त गरे ।
उडान भर्दा जहाजको पूरै सिट यात्रु राखेर उडान भरिने कँडेलले जानकारी दिए । एउटा गन्तव्यमा पूरा उडान नभएर ५० प्रतिशत उडान गर्न सकिने उनले बताए ।
वायुसेवा संघले मूल्य समायोजनको विषय बाहिर-बाहिर आएको सुने पनि मन्त्रालयलमा समायोजनको प्रस्ताव नआइसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन तथा हवाइ महाशाखाका सह-सचिव बुद्धिसागर लामिछानेले इकागजलाई बताए । उनका अनुसार विगतमा सस्तो दरमा पनि उडान भरेका थिए ।
मूल्य समायोजनका सिलिङ तयार गरेर राख्न पाउने तर कार्यान्वयन गर्न सरकारको सहमति आवश्यक पर्ने लामिछानेले औल्याए । सरकारले मूल्य समायोजनको सहमति नदिइकन उडान भर्न नपाउने उनको भनाइ छ ।
यस अघि सरकारले कोभिड-१९ को दोस्रो लहर फैलिएपछि वैशाख २३ गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो । जनस्वास्थ्यका मापदण्ड अपनाएर असार १७ गतेबाट आन्तरिक उडान सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्रीएयरलायन्स, यति एयरलायन्स, सौर्य एयरलायन्स, सीता एयर, तार एयर र समिट एयरलाई उडान तालिका पेस गर्न पनि अनुरोध गरिसकेको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया