मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सुनको मूल्य बढ्यो

काठमाडौँ- आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३  हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुनको मुल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।