नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौँ- नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको छ । बुधबार क्यानडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको हो ।
यो टी-२० आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजपछि हुने भएको छ । लिग -२ सिरिजमा पनि घरेलु टोली क्यानडा, नेपाल र ओमान सहभागी हुँदैछन् ।
खेलतालिका अनुसार सेप्टेम्बर १६ देखि २६ सम्म लिग-२ अन्तर्गतको सिरिज हुने छन् भने २९ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म टी-२० सिरिज हुने छ ।
टी-२० सिरिजपछि नेपालले क्यानडासँग एकदिवसीय सिरिज खेल्ने पनि क्यानको वार्षिक क्यालेन्डरमा उल्लेख छ तर यस सिरिजबारेमा क्यानले अहिले स्पष्ट गरेको छैन ।
हाल नेपाली राष्ट्रिय क्रिकेट टिम लिग-२ को सिरिजको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया