सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको छ - अध्यक्ष ओली

काठमाडौँ - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् ।
मंगलबारबाट पार्टी कार्यालय च्यासलमा सुरु एमाले पोलिटब्युरो बैठकमा ओलीले देश र जनतामा केन्द्रित भएर सरकार अघि बढेको बताएका हुन् । त्यस्तै ओलीले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति सत्ताबाहिर निस्कनुको पीडा मात्रै भएको धारणा राखेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा पार्टी महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा वार्षिक कार्ययोजना प्रस्तुत गरेको गौतमले बताए । वार्षिक कार्य योजनामा मूलत–पार्टीको सदस्यता नवीकरण, विस्तार, अभिलेखिकरण, पार्टी कमिटीका नियमित अधिवेशन, पार्टी कमिटीको मूल्यांकन लगायत समावेश गरेका छन् । त्यस्तै सरकार र जनप्रतिनिधिहरूको प्रभावकारी परिचालनका साथै जनता र राष्ट्रका पक्षमा वर्तमान सरकारले गरेका कामहरूलाई जनस्तरमा पुर्याइने समेत योजना रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
यसैगरी, कार्ययोजनामा पार्टी प्रवेश गरेकालाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिइने, पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्ने, अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने समेत उल्लेख रहेको गौतमले बताए ।
कार्य योजनामाथि बुधबार सदस्यहरूले धारणा राख्ने र आवश्यक निर्णय लिइने एमालेले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया