पूजालाई समीक्षाले भनिन्- यसरी पीडा नदिनुस् प्लिज

काठमाडौँ- गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छिन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै समीक्षाले अभिनेत्री पूजाले एक पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो राख्दै फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न यस्तो चेतावनी दिएकी हुन्।
'अदालत नै पोडकाष्टहरू हुन भने, न्यायधीश नै यी र यस्ता कलाकारहरू हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ! सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सहि ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ । र, माफी दिएर सावित गरिदिएँ' उनले भनेकी छन् 'त्यसयता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झण्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ? यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र ? सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो 'तिमि मेरो बहिनी' भनेर आउनुभयो, मैले दिदि भनें, माने । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पीडा नदिनुस् प्लिज ।'
अभिनेता पल शाहसँग एक पोडकाष्टमा एकसाथ गएकी अभिनेत्री पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्- 'भगवान छ सत्यको जित हुन्छ । कानुनले नै प्रुभ गरिसकेको कुरा हो । कानुनले बोलिसकेपछि सकियो के, यहाँ कसैले बोल्न जरुरत छैन । पललाई कसैले नाम ट्याग गर्न जरुरत छैन ।'
अभिनेता पल र पुजा नयाँ फिल्म ‘रावायण’ मा एकसाथ आउदै छन् । यस फिल्ममा अभिनेत्री पूजा निर्मात्री पनि हुन् ।

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

प्रतिक्रिया