आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

नेपालमा उत्पादित अर्थोडक्स चिया बजारीकरणलाई आवश्यक सहजीकरण गरिन्छ : मन्त्री अधिकारी

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा उत्पादित अर्थोडक्स चिया बजारीकरणलाई आवश्यक सहजीकरण गर्ने बताएका छन् ।

नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवं ५८ कारखानाका एक सय बढी प्रकारको चिया प्रदर्शनी कार्यक्रमको मंगलबार काठमाडौँमा उद्घाटन गर्दै अधिकारीले अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियासँग प्रतिष्पर्धा गर्न सक्ने भएकाले यसको बजारीकरणलाई सहजीकरण गर्ने बताएका हुन् ।

अधिकारीले नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्नेमा जोड दिए । नेपालको अर्थोडक्स चिया परम्परा र संस्कृतिमा गहिरो सम्बन्ध भएको एक सम्पदा समेत भएको उनको भनाइ छ ।

उनले नेपाली चियाको आन्तरिक खपत वृद्धि गर्नका लागि गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने बताए ।