मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

फाइल फोटो

काठमाडौँ - आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ४ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेर १८४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।