मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

फाइल फोटो

काठमाडौँ - आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्य १ लाख ५१ हजार ४ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।